
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको शुन्य समयमा झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणका लागि डीपीआरसमेत भइसकेको अवस्थामा यसलाई अगाडी बढाउन ढिलाई भएको भन्दै अब पनि व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
लक्ष्मण कुटीको नाममा रहेको १७ बिघा जमिनमा रंगशालाको डीपीआर गरी साढे २ अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना भए पनि अघि बढाउन ढिलाई गरिएको उनले बताए।
उनले खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर ४९ लाख ६० हजार बनाइएको भन्दै आपत्ति जनाए।
यसमा समृद्ध विचौलिया, समृद्ध दलाल छिरेजस्तो देखिएको भन्दै उनले जनकपुरका युवाहरुको क्रिकेट रंगशालाको परिकल्पनामा कुनै व्यवधान भए आन्दोलन चाँडै हुने उल्लेख गरे।