ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए सपथ

हिमाल प्रेस २१ वैशाख २०८२ १५:२३
20
SHARES
ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए सपथ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सपथग्रहण गर्दै राज्यमन्त्री खमबहादुर गर्बुजा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटरमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

त्यस अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीपरिषद्का सदस्य, सरकारका उच्चपदस्थ अधिकारीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा वैशाख १७ गते सांसद गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

गर्बुजा २०७९ मंसिरमा भएको निर्वाचनमा म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

यसअघि कांग्रेसको तर्फबाट ऊर्जा राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्त भएपछि गर्बुजालाई नियुक्त गरिएको हो।

कांग्रेसको सिफारिसमा प्रधानमन्त्री ओलीले तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउने प्रकरणमा तामाङ कुलमान घिसिङको पक्षमा देखिएका थिए। मन्त्री खड्का त्यही बेलादेखि उनीसँग चिढिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast