 
                             
                                            काठमाडौँ- सुनको भाउ आइतबार एक हजार चार सय घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।आइतबार चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।
                            प्रकाशित: २८ वैशाख  २०८२ ११:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 