काठमाडौँ- सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ। आज तोलामा एक हजार ७०० रुपैयाँले वृद्धि भएको छ। चाँदी पनि तोलामा ३५ रुपैयाँ ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: ८ जेठ २०८२ १०:४१ | Thursday, May 22, 2025
प्रतिक्रिया





