विश्वकप पुग्न यूएईलाई जित्नै पर्ने दबाबमा नेपाल

हिमाल प्रेस ५ जेठ २०८२ ६:४७ | Monday, May 19, 2025
विश्वकप पुग्न यूएईलाई जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ- आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। ​

थाइल्यान्डमा जारी छनोटमा नेपाल ग्लोबल छनोटमा पुग्नबाट मात्रै एक जित टाढा छ। यदि, नेपालले आज खेलमा यूएईलाई हराउन सके नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

यसअघि ग्लोबल छनोटमा पुग्न नसकेको नेपाल यूएईलाई हराएर अर्को चरणमा पुग्ने अवसर छ। एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन्।  शीर्ष तीनबीच भइरहेको खेलअन्तर्गत आइतबार भएको यूएई र थाइल्यान्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो।

आज यूएईले अन्तिम खेलमा नेपालको सामना गर्नेछ। यदि, नेपालले जित हात पारे एक खेल अगावै ग्लोबल छनोटमा पुग्नेछ।

यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो। त्यसपछि नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो।

नेपालको विश्वकप पुग्ने बाटोमा यूएई बाधक बन्दै आइरहेको छ। अहिले भने नेपालसामु यूएईलाई नै हराएर विश्वकपमा पुग्ने अवसर आएको हो।

नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो। एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो।

खेल थाइल्यान्डको बैंककमा बिहान पौने ९ बजे सुरु हुनेछ।

प्रकाशित: ५ जेठ २०८२ ६:४७ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast