विपक्षी दलहरूले अवरोध गरेपछि संसद् बैठक स्थगित

हिमाल प्रेस १३ जेठ २०८२ ११:५७ | Tuesday, May 27, 2025
विपक्षी दलहरूले अवरोध गरेपछि संसद् बैठक स्थगित फाइल तस्बिर

काठमाडौँ- विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरेका छन्।

विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

गृहमन्त्री लेखकमाथि छानबिन आयोग गठन नगरेसम्म संसद् अवरोध जारी रहने रास्वपाका सांसद शिशिर खनालले बताए।

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि लेखक विवादमा तनिएका छन्।

प्रकाशित: १३ जेठ २०८२ ११:५७ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast