वर्षाले दाउन्नेमा सडक भास्सिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हिमाल प्रेस १० जेठ २०८२ ९:३५ | Saturday, May 24, 2025
वर्षाले दाउन्नेमा सडक भास्सिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

लुम्बिनी- पूर्वपश्चिम राजमार्गा अन्तर्गत दाउन्ने सडकखण्ड बर्षाका कारण गएरातीदेखि अबरुद्ध भएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

७ मिटर सडक भस्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए।

शुक्रबार राति करिब ११ बजेबाट अवरुद्ध सडक शनिवार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सडक खुलाउने प्रयास भइरहेको उनले बताए।

पानी परेपछि गएराती देखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु रोकिएका छन्। अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकिएका छन्। सडक चाँडै खुलाउने गरी काम भइरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित: १० जेठ २०८२ ९:३५ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast