लुम्बिनीमा शान्ति र्‍याली निकालियो [तस्बिरहरू]

विनोद परियार २९ वैशाख २०८२ १०:४६ | Monday, May 12, 2025
लुम्बिनीमा शान्ति र्‍याली निकालियो [तस्बिरहरू]

लुम्बिनी-  २५६९ औँ बुद्धजयन्ती एव लुम्बिनी दिवसका अवसरमा सोमबार बिहान शान्ति र्यालि निकालिएको छ।

लुम्बिनी मायादेवी मन्दिर परिसर, शान्तिदीप, केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म र्‍याली निकालिएको हो। बेबी बुद्वको प्रतिमासहित र्‍याली निकालिएको छ।

मूल समारोहलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेछन्। समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणा आचार्य, पूर्वमन्त्री, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, संघ र प्रदेश सांसदसहित कूटनीतिक नियोग, विदेशी पाहुनाको समेत सहभागिता रहने प्रचारप्रचार समितिका संयोजक सिद्विचरण भट्टराईले बताए।

बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, तिलौराकोट, देवदहमा समेत विविध कार्यक्रम हुँदैछन्।

र्वमन्त्री, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, संघ र प्रदेश सांसद सहित कुुटनितिक नियोग, विदेशी पाहुनाहरुको समेत सहभागिता रहने प्रचारप्रचार समितिका संयोजक सिद्विचरण भट्टराईले बताए।

बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, तिलौराकोट, देवदहमा समेत विविध कार्यक्रम हुँदैछन्।

प्रकाशित: २९ वैशाख २०८२ १०:४६ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast