रूखबाट लडेर महिलाको मृत्यु

हिमाल प्रेस १४ जेठ २०८२ १०:३८ | Wednesday, May 28, 2025
रूखबाट लडेर महिलाको मृत्यु

काठमाडौँ- सिन्धुलीमा डालेघाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

तीनपाटन ११ भोक्टिनीकी ६१ वर्षीया भुइँमाया तामाङको घरबाट १५० मिटर उत्तरमा रहेको बडहरको रूखमा घाँस काट्ने क्रममा लडेर मंगलबार मृत्यु भएको हो।

घटनाको जानकारीपछि प्रहरी चौकी चकमकेको टोली पुगेर पोस्टमार्टमको प्रक्रिया अघि बढाएको थियो। पोस्टमार्टमपश्चात् मृतकको शव आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ जेठ २०८२ १०:३८ | Wednesday, May 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast