राजसंस्था पुन:स्थापनाको लागि गठित समितिले घोषणा गर्‍यो काठमाडौँ केन्द्रित आन्दोलन, यस्ता छन् कार्यक्रम

हिमाल प्रेस २८ वैशाख २०८२ ११:०४ | Sunday, May 11, 2025
राजसंस्था पुन:स्थापनाको लागि गठित समितिले घोषणा गर्‍यो काठमाडौँ केन्द्रित आन्दोलन, यस्ता छन् कार्यक्रम

काठमाडौँ- राजसंस्था पुन:स्थापनाको लागि गठित जनआन्दोलन समितिले उपत्यकामा आन्दोलनलाई चर्काउने गरी कार्यक्रम घोषणा गरेको छ। समितिका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा आज काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले उपत्यकामुखी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

बैठकले आगामी बैशाख २९ गते उपत्यकास्तरीय सबै राजसंस्था पक्षधर दल तथा अभियान लगायत सबै पक्षधरहरूको भेला बोलाएको छ। जेठ ६ गते राजसंस्था पक्षधर प्रबुद्ध भेला गरिने र जेठ ८ देखि ११ गतेसम्म साँखुबाट चागुनारायणमा समापन कार्यक्रम गर्ने घोषणा गरेको छ।

जेठ १३ गते काठमाडौँमा बृहत युवाभेला गर्ने र जेठ १५ बाट उपत्यकास्तरीय अनिश्चितकालीन आन्दोलन सुरु हुने समेत कार्यक्रम रहेको राप्रपा नेता जनकराज पाठकले बताए। बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशर बहादुर विष्ट लगायत विभिन्न राजावादी संगठनहरूका नेताहरुको उपस्थित थियो।

बैठकमा जनआन्दोलन समितिका सदस्य एवं राप्रपा नेताहरू डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, राजेन्द्र गुरुङलगायतको उपस्थिति थियो। राप्रपा नेपालबाट राजिव पराजुली, राजाराम बर्तौला र राष्ट्रिय शक्तिका विराज विष्ट, श्याम केसीलगायतको उपस्थित थियो।

पण्डित रामकृष्ण उपाध्याय, नेपालका लागि नेपाली,नागरिक बचाउ अभियान,देशभक्त अभियान,मातृभूमि नेपाल, विश्वहिन्दु महासंघ, सनातन युवामन्च लगायतको उपस्थित  थियो।

बैठकमा बोल्दै संयोजक सुवेदीले यो आन्दोलन राजसंस्था स्थापनाको निमित्त अन्तिम आन्दोलन हुने र आन्दोलनले नेपाल लाई हिन्दु अधिराज्य स्थापनाको निमित कोशेढुंगा सावित हुने छ।

प्रकाशित: २८ वैशाख २०८२ ११:०४ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast