यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्ने

हिमाल प्रेस ५ जेठ २०८२ ८:३४ | Monday, May 19, 2025
यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौँ- आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले आज यूएईसँग टस जितेर बलिङ रोजेको छ। थाइल्यान्डमा हुने खेलमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन्।

विश्वकपमा पुग्न नेपाललाई जित आवश्यक छ।एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन्। शीर्ष तीनबीच भइरहेको खेलअन्तर्गत आइतबार भएको यूएई र थाइल्यान्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो।

आज यूएईले अन्तिम खेलमा नेपालको सामना गर्नेछ। यदि, नेपालले जित हात पारे एक खेल अगावै ग्लोबल छनोटमा पुग्नेछ।

यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो। त्यसपछि नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो।

नेपालको विश्वकप पुग्ने बाटोमा यूएई बाधक बन्दै आइरहेको छ। अहिले भने नेपालसामु यूएईलाई नै हराएर विश्वकपमा पुग्ने अवसर आएको हो।

नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो। एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो।

प्रकाशित: ५ जेठ २०८२ ८:३४ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast