युवा संघ महाधिवेशन : थेवे सय मतले अगाडि

हिमाल प्रेस १३ जेठ २०८२ १९:५० | Tuesday, May 27, 2025
युवा संघ महाधिवेशन : थेवे सय मतले अगाडि

पोखरा– सत्तारुढ दल नेकपा एमालेको युवा संगठन नेपाल युवा संघको अध्यक्ष पदमा क्षितिज थेबेले अग्रता कायमै राखेका छन्।

युवा संघको नयाँ नेतृत्व चयन गर्न पोखरामा जारी महाधिवेशनमा प्रतिस्पर्धी उम्मेदवार सुमन पुरीभन्दा सय मतको अग्रता लिएका हुन्।

थेवेले युवा संघको दोस्रो कार्यकालका अध्यक्षमा प्रतिस्पर्धा गरेका छन् उनका प्रतिस्पर्धी पुरी बहालवाला महासचिव हुन्।
मतगणनाको पछिल्लो परिणामअनुसार थेवेले ६०७ मत ल्याउँदा पुरीको ५०७ मत छ।

अब कोशी र मधेश प्रदेशको मतगणना बाँकी छ।

अध्यक्षमा निवर्तमान अध्यक्ष क्षितिज थेवे र निवर्तमान महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा भएको छ।

१५१ सदस्यीय कमिटीमा आगामी नेतृत्वका लागि दुवैले अडान नछाडेपछि प्यानलसहित चुनावमा होमिएका हुन्।

उपाध्यक्ष खुलामा पर्वत भण्डारी, प्रकाश गौतम, महाराज गुरुङ, इ. विनय शाहको उम्मेदवारी परेको छ। तीमध्ये थेवे प्यानलतर्फ महाराज र विनय हुन्। पुरी प्यानलका पर्वत र प्रकाश हुन्।

महासचिवमा कुवेर अधिकारी र महेश चौलागाई तथा उपमहासचिवमा उपेन्द्र शाही र खेमराज शर्माबीच प्रतिस्पर्धा हुनेछ। थेवे प्यानलका महासचिव महेश हुन् भने उपमहासचिव उम्मेदवार उपेन्द्र हुन्। पुरीतर्फ महासचिव उममेदवार कुवेर हुन् भने उपमहासचिव खेमराज हुन्।

सचिव (खुला) मा अरुणबहादुर कुँवर, देव बस्नेत (देवबहादुर बस्नेत), ध्रुव खड्का, मदन भण्डारी, मीनाकुमारी राई (रञ्जु) र वकिलबहादुर बम छन्। थेवेतर्फ मदन र देव हुन्।

सचिव (मधेशी) मा चितरन्जन यादव, मोविन अख्तर आलम, विकास झा, सचिव (महिला) उमा पाण्डे (रोजिना), नीशा लिम्बु सुब्बा र रेश तामाङ छन्। थेवे प्यानलका सचिव (मधेशी) का उम्मेदवार मोविन हुन् भने महिला उम्मेदवार नीशा हुन्।

११ जना खुला सदस्यका लागि ५८ जनाले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन आयोग अध्यक्षमा मदन गिरी र अधिवक्ता शिवराज रिमाल, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी (किसुनजी) र विक्रम गुरुङ, युवा विज्ञ परिषद् अध्यक्षमा चीन लामा (चिनबहादुर तामाङ) र मोदनाथ सिलवाल (सन्तोष) बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १३ जेठ २०८२ १९:५० | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast