 
                             
                                            काठमाडौँ- नेपाल आइडल सिजन ५ मा विजेता करण परियारले ‘सम्झना’ बोलको गीत सार्वजनिक गरेका छन्। गीत करणकै शब्द, संगीत र स्वरमा बनेकाे छ। उनले पहिलोपटक आफ्नो गीत सार्वजनिक गरेका हुन्। उनलाई स्वरमा रोहित सुन्दासले साथ दिएका छन्।
आगामी दिनमा आफ्नो सिर्जनालाई निरन्तरता दिने सोचेको गायक परियारले बताए। ‘नयाँ गीतको तयारी पनि भैरहेको छ। मलाई नेपाल आइडलमा जिताउनुभएका दर्शकका लागि भए पनि म आफैँले राम्रा गीतहरु बनाउनुपर्ने हुन्छ र मेरो चाहाना पनि त्यहि नै हो,’ उनले भने।
रंग पत्रकार सुजन श्रेष्ठले निर्देशन गरेको भिडियोमा करण र रोहित फिचर्ड छन्। सुशान ठटालको डिओपी, पंकज महराको छायांकन र सुशील घिमिरेको सम्पादनमा बनेको छ।
विजेता भएपछी गायक करणले तिम्रो आँखाबाट हेर्न मन छ, मलाई कालो रात, चट्टै माया चट्टैलगायत केही गीतमा स्वर भरेका छन्।
यस्तो छ गीत

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             ![‘गुन भुल्यौ’ की गायिका सारिकाको अर्को गीत ‘मैना चरी’ सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/08/maina-chari.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 