मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

हिमाल प्रेस १३ जेठ २०८२ ८:४० | Tuesday, May 27, 2025
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

पोखरा- नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका ७ स्थित चोरमारा बस्ने २४ वर्षका नविन कुमाल र सोही ठाउँका २२वर्षीय रादिम मिधुन छन्।

अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका ५ घर भई मध्यविन्दु ७ चोरमारामा बस्ने २८ वर्षका मनिष घर्ती मगर गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ।

प्रकाशित: १३ जेठ २०८२ ८:४० | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast