माओवादी जनमतले सत्तामा पुगेको हो : प्रचण्ड

हिमाल प्रेस ३ जेठ २०८२ १५:२४ | Saturday, May 17, 2025
माओवादी जनमतले सत्तामा पुगेको हो : प्रचण्ड

डोटी– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन्।

शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत शनिबार डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्‍याएको बताए।

उनले भने, ‘हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्तिसम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका हुन्।’

अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरुका पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए।

प्रकाशित: ३ जेठ २०८२ १५:२४ | Saturday, May 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast