बजेट ल्याउने दिन परिवर्तन गर्न माग

हिमाल प्रेस १ जेठ २०८२ १२:१७ | Thursday, May 15, 2025
बजेट ल्याउने दिन परिवर्तन गर्न माग का‌ग्रेस नेता विमलेन्द्र निधि/फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट संघीय संसद्मा पेस गर्ने दिन परिवर्तन गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै निधिले गणतन्त्र दिवस र बजेट ल्याउने दिन एकै भएकाले परिवर्तन गर्न माग गरेका हुन्।

‘जेठ १५ गते गणतन्त्र दिवस हो। अर्कोतर्फ सरकारले सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन हो। संविधानमै उल्लेख भएकाले दिन परिवर्तन गर्न सरकारलाई गाह्रो भएको होला। तर गणतन्त्र दिवस र बजेटको ‘वेटेज’ ज्यादै कम छ। त्यसैले परिवर्तन गर्न माग गर्दछु,’ उनले भने।

निधिले सभामुख देवराज घिमिरेलाई पनि संसद्को कार्यसूची तय गर्ने अधिकार सभामुखलाई हुने भन्दै बजेट ल्याउने दिनलाई परिवर्तन गर्न आग्रह पनि गरे। बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक बाध्यता छ।

प्रकाशित: १ जेठ २०८२ १२:१७ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast