लुम्बिनी- २५६९ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनीमा आएका छन्। विशेष समारोह सुरु भएको छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणा आचार्य, पूर्वमन्त्री, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, संघ र प्रदेश सांसद सहित कूटनीतिक नियोग, विदेशी पाहुनाहरुको समेत सहभागिता रहने प्रचारप्रचार समितिका संयोजक सिद्विचरण भट्टराईले बताए।
बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, तिलौराकोट, देवदहमा समेत विविध कार्यक्रम हुँदैछन्।
प्रकाशित: २९ वैशाख २०८२ १०:५४ | Monday, May 12, 2025
प्रतिक्रिया




