प्रतिनिधिसभामा सांसदहरूको उपस्थिति न्यून [तस्बिरहरू]

हिमाल प्रेस ४ जेठ २०८२ १२:१५ | Sunday, May 18, 2025
प्रतिनिधिसभामा सांसदहरूको उपस्थिति न्यून [तस्बिरहरू]

काठमाडौँ- प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको उपस्थिति न्यून देखिएको छ। बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फ थोरै संख्यामा मात्र उपस्थित छन्।

बैठकमा सांसदहरूले नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण काभ्रेमा करेन्ट लागेर मजदुर उपेश परियारको निधन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले करेन्ट लागेर मजदुरको मृत्यु हुनु कुनै दुर्घटना नभई हत्या गरिएको भन्दै आपत्ति जनाए।

नेपाल विद्युत प्राधिकरणमार्फत् काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालयअगाडिको बिजुलीको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको थियो।

बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले झ्याप्प–झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरिन्।

    

 

प्रकाशित: ४ जेठ २०८२ १२:१५ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast