नेसपा नयाँ शक्तिले गठन गर्‍यो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन

हिमाल प्रेस ४ जेठ २०८२ ११:४६ | Sunday, May 18, 2025
नेसपा नयाँ शक्तिले गठन गर्‍यो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अन्तर्गत गैरभौगोलिक लुम्बिनी प्रदेश सम्पर्क जिल्ला समिति गठन गरिएको छ। शनिबार काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालय, तीनकुनेमा सम्पन्न भेलाले सम्पर्क समिति गठन गरेको हो।

कार्यक्रम पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा सम्पन्न भयो भने पार्टीका उपाध्यक्ष ईश्वर रिजाल प्रमुख अतिथि रहेका थिए। नवगठित समितिको संयोजकमा दीपक पोख्रेल चयन भएका छन्। समितिमा सहसंयोजकका रूपमा संजय जैसवाल र अनिता गुरुङ रहेका छन्।

जिल्ला संयोजकका रूपमा बर्दियाबाट हुमलाल विक, बाँकेबाट पूर्ण कुटा, दाङबाट वर्षा पोख्रेल, कपिलवस्तुबाट प्रकाश न्यौपाने, रुपन्देहीबाट बसन्त पोख्रेल, नवलपरासीबाट विनोद यादव, पाल्पाबाट गोविन्द कार्की, गुल्मीबाट भेषराज अर्याल र प्यूठानबाट सरिता गहतराज चयन भएका छन्।

समितिको मुख्य उद्देश्य पार्टीको संगठनात्मक विस्तार गर्नुका साथै प्रवासमा रहेका लुम्बिनी प्रदेशका सक्रिय कार्यकर्ताहरूसँग समन्वय गर्दै पार्टीलाई सुदृढ बनाउनु रहेको छ।

प्रकाशित: ४ जेठ २०८२ ११:४६ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast