नेपालमा बंगालको खाडी र अरब सागरबाट बहने जलवाष्पयुक्त हावाको प्रभाव, आज पनि पर्छ पानी

हिमाल प्रेस १३ जेठ २०८२ ६:१५ | Tuesday, May 27, 2025
नेपालमा बंगालको खाडी र अरब सागरबाट बहने जलवाष्पयुक्त हावाको प्रभाव, आज पनि पर्छ पानी फाइल तस्बिर

काठमाडौँ- बंगालको खाडी र अरब सागरबाट बहने जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा वर्षाको चक्र चलिरहेको छ। आज मंगलबार पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

महाशाखाको बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

यस क्रममा पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ।

राति मधेश प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

मधेश प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रकाशित: १३ जेठ २०८२ ६:१५ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast