धुलिखेल अस्पतालको ट्रमा भवनको उद्घाटन हुँदै, प्रधानमन्त्री जाने

हिमाल प्रेस १४ जेठ २०८२ ९:०० | Wednesday, May 28, 2025
धुलिखेल अस्पतालको ट्रमा भवनको उद्घाटन हुँदै, प्रधानमन्त्री जाने प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज काभ्रेपलाञ्चोकको धुलिखेल जाँदैछन्। प्रधानमन्त्री ओली बिहान साढे ११ बजे धुलिखेल जाने उनको निजी सचिवालयले जनाएको छ।

धुलिखेल अस्पतालको ट्रमा तथा आकस्मिक सेवा भवनको शिलान्यास गर्न उनी त्यहाँ जान लागेका हुन्।

ट्रमा एन्ड इमर्जेन्सी सेन्टर परियोजना नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाईका) बीचको समझदारी पत्र अन्तर्गत जापान सरकारको सहयोगमा सुरु गरिएको हो।

धुलिखेल अस्पताल ट्रमा एन्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजनाका लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने सम्झौता भईसकेको छ।

प्रकाशित: १४ जेठ २०८२ ९:०० | Wednesday, May 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast