 
                             
                                            काठमाडौँ- भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता भगतसिंह कोशीयारीले लोकतान्त्रिक समाजवादी पार्टी (लेसपा) अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन्।
नेपाल भ्रमणमा रहेका कोशीयारीले शुक्रबार लोसपा अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा दुवै नेताबीच नेपाल–भारत सम्बन्धको विषयमा छलफल भएको छ।
लोसपा अध्यक्ष ठाकुर र भाजपा नेता कोशीयारीले नेपाल–भारतबीच रहेको घनिष्ट तथा उच्चतम मित्रतालाई थप प्रगाढ बनाउँदै जाने बताएको भेटघाटमा सहभागी लोसपाका महासचिव मनिषकुमार मिश्रले जानकारी दिए।
                            प्रकाशित: २६ वैशाख  २०८२ १९:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 