जसपा नेपालका मधेश प्रदेश सांसद कुशवाहाको घरमा अख्तियारको छापा

हिमाल प्रेस १२ जेठ २०८२ २०:५३ | Monday, May 26, 2025
जसपा नेपालका मधेश प्रदेश सांसद कुशवाहाको घरमा अख्तियारको छापा

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सांसद एवं पूर्वराज्यमन्त्री सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सांसद कुशवाहाको जनकपुरधाम–९ स्थित घरमा छापा हानेको हो।

महोत्तरी क्षेत्र नम्बर ४(ख) बाट दोस्रोपटक निर्वाचित सांसद कुशवाहाको घरमा छापामारीका क्रममा अख्तियारको टोलीले उनका स्वकीय सचिव विनोद लाललाई नियन्त्रणमा लिएको छ।

छापामारीका क्रममा अख्तियारको टोलीले सांसद कुशवाहाको मोबाइल फोन र कागजातहरू नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

मधेश प्रदेश सरकारबाट आफ्नो भागमा परेका योजनाहरू कुशवाहाले बिक्री गरेको सूचनाको आधारमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ।

कुशवाहा लालबाबु राउत नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका थिए।

प्रकाशित: १२ जेठ २०८२ २०:५३ | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast