गृहमन्त्रीबारे निर्णय लिन रास्वपाले बोलायो बैठक

हिमाल प्रेस १२ जेठ २०८२ १२:११ | Monday, May 26, 2025
गृहमन्त्रीबारे निर्णय लिन रास्वपाले बोलायो बैठक रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न र आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको विषयमा छलफल गर्न दलको बैठक बोलाएको हो।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसा ४ बजे संसदीय दलको कार्यालयमा बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले अन्यमाथि नैतिकताको प्रश्न उठेपछि राजीनामा दिनुपर्ने निर्णय गरेको थियो। राजीनामा नदिए संसदमा सजिलो नहुने चेतावनी दिएको थियो। संसद्को बैठक भोलि बिहान ११ बजे बस्दैछ।

प्रकाशित: १२ जेठ २०८२ १२:११ | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast