 
                             
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले देशको आर्थिक संकट समाधान गर्न, ऋणीहरूलाई राहत दिन, बैंकहरूको मनपरि रोक्न र देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले सो कुरा बताएका हुन्।
उनले राष्ट्र बैंकको गर्भनर नियुक्तिमा भइरहेको ढिलाइबारे पनि सरकारको ध्यानाकर्षण गराए। ‘हाम्रो आर्थिक प्रणाली अहिले संकटको संघारमा उभिएको छ तर यस्तो संवेदनशील घडीमा सरकार गभर्नर नियुक्त गर्नसम्म नसकेर हायलकायल अवस्थामा देखिएको छ’, उनले भने, ‘राष्ट्र बैंक ऐन २०५८ को दफा २५ ले बहालवाला गभर्नरको कार्यकाल समाप्त हुन एक महिनाअगावै नियुक्ति गर्नुपर्ने व्यवस्था छ । अब, यो ऐनको व्यवस्थाको धज्जी उडाएको कारबाही कसलाई गर्ने?’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 