गगन थापा स्याङ्जामा, नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरे

हिमाल प्रेस ४ जेठ २०८२ ७:०७ | Sunday, May 18, 2025
गगन थापा स्याङ्जामा, नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरे

स्याङ्जा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरेका छन्।

स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको उद्घाटनको क्रममा स्याङ्जा पुगेका महामन्त्री थापाले सम्मेलन सकेर नजिकै रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरेका हुन् ।

मन्दिरका विधिवत् पूजा गर्दै महामन्त्री थापाले नवग्रह मन्दिरको दर्शन गर्न पाउँदा आफूलाई खुसी लागेको र यसको परिकल्पना गरेर नेपालमै पहिलो पटक नवग्रह मन्दिर निर्माण गर्न सफल भएकोमा पालिका अध्यक्ष प्रकाश तिवारीलाई बधाई समेत ज्ञापन गरे ।

स्थानीयहरूको श्रमदानबाट यत्रो ठुलो संरचना बन्नु पालिकाका लागि मात्र नभई समग्र देशकै लागि गौरवको कुरा भएको र यसको संरक्षण र प्रबद्र्धनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने थापाको भनाइ थियो।

थापासँगै नवग्रह मन्दिरको दर्शनमा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संघीय सांसद राजु थापा, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, विभिन्न पालिकाका प्रमुख र उपप्रमुख लगायतका व्यक्तिहरू सहभागी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए।

नवग्रह मन्दिरको दर्शनपछि महामन्त्री थापा दक्षिण एसियाकै पहिलो होमस्टे सिरुवारी पुगेका छन्।

प्रकाशित: ४ जेठ २०८२ ७:०७ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast