केपी ओली राजतन्त्र समर्थकलाई भड्काउन खोज्दै छन् : लिङ्देन

हिमाल प्रेस १३ जेठ २०८२ १६:५३ | Tuesday, May 27, 2025
केपी ओली राजतन्त्र समर्थकलाई भड्काउन खोज्दै छन् : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने राजतन्त्र समर्थकको कार्यक्रमलाई भड्काउन खोजिएको बताएका छन्।

जेठ १५ राजावादीले काठमाडौँमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौँमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष लिङ्देनले आफूहरुले रत्नपार्कमा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहीँ नजिकै जम्मा हुन र प्रतिवाद गर्न निर्देशन दिनुले आफूहरुको कार्यक्रमलाई भड्काउन खोजिएको बताएका हुन्।

लिङ्देनले सरकारका तर्फबाट मुठभेड निम्त्याउने क्रियाकलाप भएको आरोप लगाए। अध्यक्ष लिङ्देनले आफूहरूको कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्ने जानकारी दिए।

राजावादीका तर्फबाट हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नहुने उनको भनाइ छ। लिङ्देनले राजनीतिक स्वार्थका लागि नभई नेपालजस्तो देशका लागि भोटको राजनीति भन्दा माथि रहने अभिभावकीय संस्थाका रुपमा राजा रहनुपर्नेमा जोड दिएको बताए।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताए। थापाले भने, ‘हाम्रा लागि पात्रभन्दा पनि राजसंस्था महत्त्वपूर्ण छ।’ उनले संविधानले कुनै पनि राजनीतिक दल र दलका गतिविधिहरुलाई प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको भन्दै आफूहरूले निर्बाध रूपमा आफ्नो गतिविधि गर्न पाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १३ जेठ २०८२ १६:५३ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast