कास्मिर घटनाले स्थगित आईपीएल आजबाट हुँदै

हिमाल प्रेस ३ जेठ २०८२ ८:०१ | Saturday, May 17, 2025
कास्मिर घटनाले स्थगित आईपीएल आजबाट हुँदै

काठमाडौँ- भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुनः सुरु हुँदैछ। आतंककारी समूहले कश्मिरको पहलगाममा गरेको हमला स्वरूप भारतले ‘अप्रेसन सिन्दुर’ सुरु गरेपछि जारी आईपीएल मे ८ देखि रोकिएको थियो।

भारत र पाकिस्तानबीच तनाव व्यवस्थापन भइ युद्ध बिराम भएपछि पुनः आईपीएल सुरु हुन लागेको हो। आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।

दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो। जारी लिगमा बैंगलुरु ११ खेलबाट १६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको कोलकाता ११ अंकका साथ छैटौँ स्थानमा छ।

आईपीएलका बाँकी खेलहरू बैंगलुरु, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन्। आईपीएलको प्ले अफको स्थान भने निर्णय हुने बाँकी छ। तथापि मिति भने पक्का भइसकेको छ।

प्रकाशित: ३ जेठ २०८२ ८:०१ | Saturday, May 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast