एमाले अखिलमा ३२ वर्षे उमेर हद लगाउने

हिमाल प्रेस १२ जेठ २०८२ ६:४० | Monday, May 26, 2025
एमाले अखिलमा ३२ वर्षे उमेर हद लगाउने

काठमाडौँ- नेकपा एमालेले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ।

एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताइन्।

उनले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्दर्भमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताइन्।

प्रकाशित: १२ जेठ २०८२ ६:४० | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast