काठमाडौँ– काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइने भएको छ। रातो मच्छिन्द्रनाथको भोटो जात्राका अवसरमा बिदा दिन लागिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ।
ललितपुरको जाउलाखेलमा जेठ १८ गते आइतबार मच्छिन्द्रनाथको भोटो देखाइँदै छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा सबैभन्दा लामो समयसम्म सञ्चालन हुने जात्राअन्तर्गत पर्दछ।
प्रकाशित: १६ जेठ २०८२ १३:४४ | Friday, May 30, 2025
प्रतिक्रिया




