आज सुनको मूल्य स्थिर, चाँदी बढ्यो

हिमाल प्रेस १९ वैशाख २०८२ १२:०९ | Friday, May 2, 2025
आज सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला चार हजार ६ सय रुपैयाँ घटेको छापावाल सुन आज  स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

प्रकाशित: १९ वैशाख २०८२ १२:०९ | Friday, May 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast