समाजवादी मोर्चाको कार्यक्रमप्रति झलनाथको असन्तुष्टि

हिमाल प्रेस १ जेठ २०८२ १६:२० | Thursday, May 15, 2025
समाजवादी मोर्चाको कार्यक्रमप्रति झलनाथको असन्तुष्टि पूर्वप्रधानमन्त्री झलनाथ खनाल। फाइल तस्बिर

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवादी मोर्चाको कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन्।

निर्मल लामा स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौँमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चूनौति विषयक विचार गोष्ठीमा खनालले कोठा कोठामा कार्यक्रम गरेर समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसक्ने भन्दै समाजवादी कार्यक्रम गर्नुपर्ने बताएका हुन्।

समाजवादी मोर्चाको क्रियाकलाप आफूलाई चित्त नबुझेको उनले बताए। कतिपयलाई वामपन्थीलाई समाजवादी नामको मोर्चा मन नपरेको भन्दै उनले वाम मोर्चा बनाए अझै धेरै दल समावेश हुन सक्ने धारणा राखे।

समाजवादी यात्रालाई अघि बढाउन सडकमार्फत जनतालाई एकीकृत गर्नुपर्ने उल्लेख गर्दैै खनालले संसदीय संघर्षमात्रै भए संसदवादमा टुङ्गीने उल्लेख गरे। त्यस्तै उनले कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन गर्नुपर्नेमा जोड दिए।

खनालले वामपन्थी एकता नभए ८४ को निर्वाचनमा वामपन्थी दलहरुको अवस्था थप कमजोर हुने देखिएको उल्लेख गरे। उनले राजावादीहरुले संविधानलाई कुल्चिएर हिँडिरहेको अवस्थामा क्रान्तिकारी पार्टीहरुले संसद र गणतन्त्रलाई उपयोग गर्छु भन्न सक्नुपर्ने बताए।

प्रकाशित: १ जेठ २०८२ १६:२० | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast