नीति तथा कार्यक्रमले दलित समुदायका समस्या सम्बोधन गरेन : सांसद पार्की

हिमाल प्रेस २८ वैशाख २०८२ १०:१६ | Sunday, May 11, 2025
नीति तथा कार्यक्रमले दलित समुदायका समस्या सम्बोधन गरेन : सांसद पार्की

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभाका सांसद जगतबहादुर पार्कीले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा दलित समुदायका समस्या सम्बोधन नभएको गुनासो गरेका छन्।

रासससँगको कुराकानीमा उनले भने,‘नीति तथा कार्यक्रममा दलित, मधेसी समुदाय, थारू र मुस्लिमलगायत पिछडिएका क्षेत्रहरू सुदूरपश्चिम र कर्णालीलाई अग्र स्थान दिएको छैन।’

उनको भनाइमा दलित समुदायको उत्थानका विषयमा राज्यको ध्यान नपुगेको पक्कै होइन होला। नीति कार्यक्रममा दलितको विषयलाई प्राथमिताका साथ सम्बोधन गर्नुपर्ने हो तर गरेको छैन। हरेक राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा दलित समुदायको योगदान र सहभागीता उच्च छ। तर उनीहरूको सवाललाई सरकारले नीति निर्माण र बजेटमा अग्रस्थानमा समावेश गर्न सकेको छैन।

विदेशमा गएका युवालाई स्वदेश फर्काउन नीति तथा कार्यक्रमले प्रोत्साहन गर्न नसकेको पनि उनले बताए।

प्रकाशित: २८ वैशाख २०८२ १०:१६ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast