
चितवन– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताएका छन्।
चितवनमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीको महाधिवेशन २०८२ मंसिरभित्रमा हुने बताए। आन्तरिक कामका कारण रोकिएमा ढिलोमा २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उनको भनाइ छ।
उनले भने, ‘विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ।’
वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उनले बताए।
प्रकाशित: १७ वैशाख २०८२ २०:०६
प्रतिक्रिया