भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्छ ; ईश्वर पोखरेल

हिमाल प्रेस १३ वैशाख २०८२ १:३०

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

शनिबार ललितपुरमा मनमोहन अधिकारीको २६औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एकातिर दक्षिण—पूर्व—पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र अर्कोतिर उत्तरमा १४ सय किलोमिटर सीमाना जोडिएको चीन रहेको बताए।

चीनसँगको सिमाना हिमालले पर्खालसरह काम गरेको भए पनि भारतसँग खुला सीमाना रहेको बताए। भारतसँग विगतमा भएका सन्धि, सम्झौतहरु अद्यावधि हुन नसकेको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालले आफूलाई राष्ट्रिय स्वाधीनता, स्वाभिमानको लागि, अखण्डताको लागि कतिपय कुरामा गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

एमालेले आफ्ना अठोट, संकल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी रहेको बताए। नेपालको राजनीतिमा अनेक ढंगले समस्याहरू छन् भन्ने हिसाबले चित्रण गर्ने र नेकपा एमालेलाई कमजोर देखाउने कोशिस भइरहेको बताए।

उनले एमाले जहिले पनि प्रतिकूलतासँग जुध्दै अघि बढेको पार्टी भएको जिकिर गरे। एमालेलाई आफ्नो भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोशिस भइरहेको बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘नेपालको पोलिटिक्समा अनेक ढंगले समस्या छन् भन्ने हिसाबले चित्रण गर्ने, नेकपा एमालेलाई कमजोर देखाउने यस हिसावले एउटा कोशिस भइरहेको छ। तर नेकपा एमाले जहिले पनि प्रतिकूलतासँग जुध्दै, अफ्ठ्याराहरुसँग जुध्दै, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा, स्वाधीनताको पक्षमा, मुलुकलाई समृद्ध बनाउने कुराको पक्षमा, जनताको हक हितको पक्षमा दृढतापूर्वक उभिँदै आयो।

हिजो सत्तामा नभएको बेलामा, प्रतिकूल अवस्थामा होस् वा सत्तामा पुगेको बेलामा होस्। उसले यो मान्यताबाट आफूलाई कहिल्यै विचलित गराएन। मनमोहन अधिकारीले जुन सपना देख्नुभएको थियो, जुन विचार अघि सार्नुभएको थियो, जुन कार्यक्रमहरुलाई अगाडि सार्न खोज्नुभएको थियो, तिनै चिजलाई निरन्तरता दिने कोशिस एमालेले गर्दै आएको छ। एमालेलाई उसको भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोशिस भइरहेको छ।ु

वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारी नेपालका कम्युनिष्ट पार्टीहरु भन्दा पनि ज्येष्ठ कम्युनिष्ट भएको बताए। मनमोहन अधिकारी कम्युनिष्ट पार्टीहरुको अभिभावक भएको जिकिर गरे।

 

प्रकाशित: १३ वैशाख २०८२ १:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast