आज तीन प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

हिमाल प्रेस १२ वैशाख २०८२ ६:२७
30
SHARES
आज तीन प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ- हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान पहाडी भू-भागमा आंशिक बदली देखिएको छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको विवरण प्राप्त भएको छ। शुक्रबार दिउँसोको मौसम पूर्वानुमान अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै, यी तीन प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि रहेको छ।

शुक्रबार राति पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागहरूमा केही स्थानमा तथा कोशी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १२ वैशाख २०८२ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast