‘निर्मल निवासबाट उत्पात मच्चाउने ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा राखेको भए के गर्थे?’

हिमाल प्रेस २८ चैत २०८१ १५:२४
26
SHARES
‘निर्मल निवासबाट उत्पात मच्चाउने ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा राखेको भए के गर्थे?’ गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कसैले चाहेर मुलुकमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन्।

बिहीबार काठमाडौँमा कांग्रेस क्षेत्र नम्बर २ को दोस्रो प्रदेश सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

थापाले नेपालको राजा कसैले पनि धोएर वा सफा गरे पनि संवैधानिक बनाउन नसक्ने प्रस्ट पारे। निर्मल निवासमा बसेर उत्पात मच्चाउने ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा राखेको भए के गर्थे भन्दै उनले प्रश्न गरे।

महामन्त्री थापाले जनताले चुनेका प्रतिनिधिहरू देश चलाउन सक्षम रहेको बताए। लडेर ल्याएको गणतन्त्र र व्यवस्थामा कमजोरी भए सच्चाउन सकिने उनको भनाइ छ।
थापाले स्थानीयले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए।

संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन समयमा बन्न नसकेकाले समस्या देखिएको भन्दै उनले कानुन निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए।

फरक प्रसंगमा महामन्त्री थापाले ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताए। उनले पार्टीको महाधिवेशनका विषयमा कोही अल्मलिनु नपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने उल्लेख गरे।

थापाले पार्टीको महाधिवेशन छिटो गर्न पाइने तर पछि सार्न नपाइने बताए। महाधिवेशनलगत्तै विभिन्न निर्वाचन आउने भएकाले तयारीमा जुट्नुपर्ने उनले उल्लेख गरे।

प्रकाशित: २८ चैत २०८१ १५:२४

प्रतिक्रिया

One thought on “‘निर्मल निवासबाट उत्पात मच्चाउने ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा राखेको भए के गर्थे?’

  1. निति, नैतिकता र सिधाान्त नभएका भ्रष्ट हरु कसरी सक्षम हुन सक्छन् सबैलाई चेतना होस।

Leave a Reply to Kumar Malla Cancel reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast