‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता पाैडेल भन्छन् : फिल्म चलाउन मैले १२ लाखको टिकट किनेकै हो

हिमाल प्रेस २८ चैत २०८१ १४:१२
26
SHARES
‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता पाैडेल भन्छन् : फिल्म चलाउन मैले १२ लाखको टिकट किनेकै हो

काठमाडौँ- पछिल्लो समय नेपाली सिने क्षेत्रमा निर्माता आफैँले लाखौँ टिकट किनेर हलमा दर्शक भरिभराउ देखाउने प्रवृति बढेको गुनासो सुनिदै आएको छ। आफ्नो फिल्म चलाउन सुरुमा आफैले टिकट खरीद गर्ने र फिल्म चलेको दाबी स्वय‌ं निर्माता गर्छन् भन्ने हल्ला फिल्म नगरीमा चलिरहन्थ्यो। यद्यपि यस विषयमा कसलै खुलेर बोलेका थिएनन्।

यसवर्ष सर्वाधिक कमाएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता विनोद पौडेलले आफूले १२ लाखको टिकट किनेर फिल्म चलाएको स्वीकारेका छन्। उनले सामाजिक सञ्जालमार्फत मार्केटिङ बढाउन १२ लाखको टिकट किनेको बताएका छन्।

उनले हलमा फिल्म चलाउन  मार्केटिङ प्लानका लागि टिकट किनिएको उल्लेख गरेका छन्। निर्माताले फिल्म चलाउन २०/२५ लाखको टिकट किन्नुपर्ने अवस्था आएको छ,’उनले लेखेका छन् ‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाएपनि २०/२५ लाखको त टिकट किन्नै पर्छ। १०/१२ लाखको त हामीले पनि किनेकै हो अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो।’

सुचना तथा सञ्चार मन्त्रालयको बक्स अफिस रिपोटअनुसार फिल्मले ४६ करोड ८० लाख ग्रस कलेक्सन गरेको छ। फिल्म मात्रै नभएर गीत, फिल्मको ट्रेलरपनि अहिले भ्युज किनेर धेरै हेरिएको भन्ने चलन व्यापक हुँदै गएको छ।

प्रकाशित: २८ चैत २०८१ १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast