शिक्षक महासंघको आन्दोलनलाई प्याब्सन र नेशनल प्याब्सनको समर्थन

हिमाल प्रेस २७ चैत २०८१ १७:०५
88
SHARES
शिक्षक महासंघको आन्दोलनलाई प्याब्सन र नेशनल प्याब्सनको समर्थन

काठमाडौँ- नेपाल शिक्षक महासंघको आह्वानमा देशभरिका शिक्षक कर्मचारीहरू विद्यालय शिक्षा विधेयकलाई संसद्बाट पारित गरी शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत छन्।

नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै, शिक्षण सिकाइ प्रक्रियामा कुनै अवरोध नआओस् भन्दै प्याब्सन र नेशनल प्याब्सनले सरकार र सबै सरोकारवाला पक्षलाई जिम्मेवार भई समस्याको समाधान खोज्न जोड दिएका छन्।

नेपालका निजी विद्यालयहरूको छाता संस्था प्याब्सन र नेशनल प्याब्सनले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा विधेयक शीघ्र पारितका लागि सरकारसँग माग गरेको छ। साथै, आन्दोलनरत शिक्षक महासंघका जायज मागहरूको समर्थन गर्दै विद्यालय बन्द नगरी अन्य आन्दोलनका कार्यक्रमहरूमा सहयोग र समर्थन रहेको प्रतिबद्धता पनि जनाएका छन्।

नेशनल प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष सुवाष न्यौपाने र प्याब्सन केन्द्रीय कार्यसमिति अध्यक्ष कृष्णप्रसाद अधिकारी दुबैले शिक्षक महासंघको आन्दोलनका जायज मागहरूमा ऐक्यबद्धता जनाउँदै यथाशीघ्र शिक्षा ऐन जारी गर्न माग गरेका छन्।

उनीहरूले प्याब्सन र नेशनल प्याब्सनका अध्यक्षहरूले सबै पक्षलाई शिक्षा क्षेत्रको सुधार र विकासका लागि एकजुट भई सहकार्य गर्न आह्वान गरेका छन्।

प्रकाशित: २७ चैत २०८१ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast