२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

हिमाल प्रेस ६ वैशाख २०८२ ८:५८ | Saturday, April 19, 2025
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै फाइल तस्बिर।

ललितपुर- देशभरका २२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदैछ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागेको हो।

स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ।

एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ। बालबालिकालाई बालभिटा खुवाइने छ। सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ।

प्रकाशित: ६ वैशाख २०८२ ८:५८ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast