हङकङविरुद्ध नेपालले टस जित्यो, सुरुवातमा बलिङ गर्ने

हिमाल प्रेस ३० चैत २०८१ ११:०६ | Saturday, April 12, 2025
हङकङविरुद्ध नेपालले टस जित्यो, सुरुवातमा बलिङ गर्ने

काठमाडौँ- हङकङमा जारी चार देशीय टी २० क्रिकेट शृंखलामा हङकङविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङविरुद्ध सुरुवातमा बलिङ गर्ने निर्णय लिएका हुन्। यो शृंखलाको समूह चरणको अन्तिम खेल हो।

दुवै टोली फाइनलमा स्थानमा बनाउन जित चाहन्छन्। हङकङले आयोजना गरेको यो शृंखलामा ओमान, कतार र नेपाल समावेश छन्। हालसम्म ३ खेलमा दुई जितसहित ओमान फाइनलमा पुगेको छ भने हङकङ र नेपालमध्ये एक टोली फाइनल पुग्नेछन्।

यो मेल मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार सवा ११ बजे खेल सुरु हुनेछ।

प्रकाशित: ३० चैत २०८१ ११:०६ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast