सुन तोलाको एक लाख ८६ हजार पुग्यो

हिमाल प्रेस ३१ चैत २०८१ ११:४२ | Sunday, April 13, 2025
सुन तोलाको एक लाख ८६ हजार पुग्यो

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। आज एक तोला सुनको मूल्य एक लाख ८६ हजार कायम भएको छ। बजारमा यो मूल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा एक हजार बढेको हो।

आज प्रतितोला चाँदीमा ५५ वृद्धि भएको छ। आज एक तोला चाँदी एक हजार ९६० मा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: ३१ चैत २०८१ ११:४२ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast