सुनसरीमा आगलागीले ५ परिवारका १० घर नष्ट, ६० लाखको क्षति

हिमाल प्रेस ५ वैशाख २०८२ ६:१० | Friday, April 18, 2025
सुनसरीमा आगलागीले ५ परिवारका १० घर नष्ट, ६० लाखको क्षति

सुनसरी- सुनसरीको कोशी गाउँपालिका-६ मा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ। गाईवस्तुको झिंगा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो। जसमा ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए।

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको उनले जानकारी दिए। आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ।

त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८२ ६:१० | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast