सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन : मन्त्री पौडेल

हिमाल प्रेस १५ वैशाख २०८२ २२:०४ | Monday, April 28, 2025
सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन : मन्त्री पौडेल

भक्तपुर– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विशिष्टिकृत उपचार गर्ने नयाँ अस्पताल अब सहरी क्षेत्रमा थप गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन्।

सोमबार नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्रको उद्घाटन समारोहमा उनले देशका सहरी क्षेत्रमा अब नयाँ विशिष्टिकृत अस्पताल खोल्न आवश्यक नभएको बताएका हुन्।

उनले भने, ‘सहरी क्षेत्रमा अब नयाँ अस्पताल निर्माण गर्न जग हालिरहनुपर्दैन। भएकै अस्पतालको प्रभावकारी व्यवस्थापन गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने, पूर्ण प्रविधिमैत्री बनाउने र सबै उपचार गर्न सक्न गरी क्षमता वृद्धि गरे पुग्छ।’

उनले देशभरका छ हजार सात सय ४३ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुर्‍याउनुपर्ने र स्वास्थ्य सेवा पुगेका केन्द्रमा पूर्वाधार र प्रविधि नहुँदा गुणस्तरीय सेवा दिन नसकिरहेको बताए।

सरकारले नागरिकको स्वास्थ्य बिमाका लागि १० अर्बभन्दा बढी बजेट विनियोजन नगर्ने तर स्वास्थ्य बिमा बोर्डले बिभिन्न अस्पताललाई तिर्नुपर्ने ३७ अर्ब रुपैयाँ पुगिसकेको बताउँदै नागरिकमा आधारित बिमा व्यवस्था लागू गर्न नसके बिमा संकटमा पर्ने उल्लेख गरे।

मन्त्री पौडेलले भने, ‘डुब्न लागेको बिमालाई उतार्नुछ भने राज्यको लगानी र नागरिकको योगदानमा आधारित बिमा प्रणाली लागू गर्नुपर्छ।’

प्रकाशित: १५ वैशाख २०८२ २२:०४ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast