शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत हुने

हिमाल प्रेस १६ वैशाख २०८२ १५:५१ | Tuesday, April 29, 2025
शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत हुने आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल (बिचमा) सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन्।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ।

सभामुख घिमिरेले शुक्रबार अपराह्न २:४५ भित्र निर्धारित पोसाकमा सदनमा उपस्थित भइसक्न सांसदहरूलाई आग्रह गरेका छन्।

प्रकाशित: १६ वैशाख २०८२ १५:५१ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast