‘शिक्षकहरूको माग दमनले होइन, संवादबाट सम्बोधन गरौँ’

हिमाल प्रेस १४ वैशाख २०८२ २२:१६ | Sunday, April 27, 2025
‘शिक्षकहरूको माग दमनले होइन, संवादबाट सम्बोधन गरौँ’

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूको माग दमनले नभइ संवादबाट सम्बोधन गर्न आग्रह गरेका छन्।

आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीहरूबीच आइतबार काठमाडौँमा भएको झडपको प्रसंग उल्लेख गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

‘राज्यसँग आग्रह छ–शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

महामन्त्री थापाले विगतमा भएको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउन सबैलाई काम गर्न आग्रह गरेका छन्।

उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकार घाइते हुनु कुनै पनि हिसाबले उचित नहुने जिकिर गरेका छन्।

थापाले भनेका छन्,‘विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबीच भएको झडप दु:खद र चिन्ताजनक हो। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो।’

प्रकाशित: १४ वैशाख २०८२ २२:१६ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast