विश्वकप छनोटका लागि नेपाली महिला टोली घोषणा, उपकप्तान बनिन् पूजा महतो

हिमाल प्रेस १३ वैशाख २०८२ ८:०२ | Saturday, April 26, 2025
विश्वकप छनोटका लागि नेपाली महिला टोली घोषणा, उपकप्तान बनिन् पूजा महतो

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा गरेको छ।

इन्दु बर्माले १४ सदस्यीय टोलीको नेतृत्व गर्दा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । विश्वकप छनोट मे ९ देखि २० सम्म थाइल्यान्डमा हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइको समान गर्नेछ ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

प्रकाशित: १३ वैशाख २०८२ ८:०२ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast