वर्षाका कारण खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट

हिमाल प्रेस ६ वैशाख २०८२ १४:५३ | Saturday, April 19, 2025
वर्षाका कारण खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट तस्बिर : क्यान

काठमाडौँ- अफगानिस्तान आईसीसी यू–१९ विश्वकपका लागि छनोट भएको छ।

शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालविरूद्धको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान रनरेटको आधारमा विश्वकपका लागि छनोट भएको हो।

शनिबार बिहान ९ः३० बजेदेखि सुरू हुनुपर्ने खेलमा टससमेत हुन सकेन। दिउँसो २ बजेसम्म पनि मैदान खेल्नयोग्य नभएपछि खेल रद्द भएको हो।

खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यससँगै नेपाल र अफगानिस्तानको चार खेलबाट चार अंक रह्यो।

तर, नेट रनरेटमा अगाडि भएका कारण अफगानिस्तान विश्वकपका लागि छनोट भएको छ।

यसअघि दुवै टोलीले यूएई, हङकङ र ओमनालाई पराजित गरेका थिए।

प्रकाशित: ६ वैशाख २०८२ १४:५३ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast