लुम्बिनीमा एसिया बौद्ध सांस्कृतिक महोत्सव [तस्बिरहरू]

विनोद परियार १३ वैशाख २०८२ १४:४६ | Saturday, April 26, 2025
लुम्बिनीमा एसिया बौद्ध सांस्कृतिक महोत्सव [तस्बिरहरू]

लुम्बिनी- लुम्बिनीमा चौथो एसिया बौद्ध सांस्कृतिक महोत्सव आरम्भ भएको छ। चाइनिज कल्चर प्रमोसन सोसाइटीको सहयोगमा लुम्बिनी बिकास कोष र सारिपुत्त फाउन्डेसन लुम्बिनीले महोत्सव आयोजना गरेका हुन्।

महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे। महोत्सवमा अफ्रिका, युरोप, पूर्व एसिया, अमेरिकासहित विभिन्न देशका प्रतिनिधि बुद्ध जन्मस्थलमा आएका छन्।

महोत्सवमा भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिका एवं बौद्धमार्गीको सहभागिता छ।

उद्घाटनसत्रसँगै लुम्बिनी रामग्राम, तिलौराकोटमा दीप प्रज्वलनसहितका कार्यक्रम रहेको सारिपुत्त फाउन्डेसनका भन्ते सुमंङ्लोले बताए। उनका अनुसार लुम्बिनीमा पहिलोपटक बौद्ध सांस्कृतिक महोत्सव गरिएको जानकारी दिए।

प्रकाशित: १३ वैशाख २०८२ १४:४६ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast