राउटे मुखियाको मृत्यु

हिमाल प्रेस १६ वैशाख २०८२ १५:१० | Tuesday, April 29, 2025
राउटे मुखियाको मृत्यु

सुर्खेत- जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। उनको सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका लालबहादुर खत्रीले जानकारी दिए।

खत्रीका अनुसार अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हो। राउटे समुदायका तीनजना मुखिया हुन्छन्। राउटे समुदायमा तीन गोत्र छन्। तीन गोत्रमध्ये उनी कल्याल गोत्रबाट मुखिया भएका हुन्। सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए।

राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ। उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका छन्। अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ। उनको मृत्युपछि राउटेको संख्या घटेर १३५ पुगेको छ।

प्रकाशित: १६ वैशाख २०८२ १५:१० | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast